प्युठान । प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–४ टाकुरा क्षेत्रमा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब २५ देखि ३० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मृतक बालकको पहिचान खुल्न बाँकी रहेको छ।

ADVERTISEMENT

दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्, जसमा पाँच जना बालबालिका पनि रहेका छन्। घाइतेमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

ADVERTISEMENT

घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा सबै घाइतेलाई तत्काल उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्रारम्भिक उपचार गरिएको प्रहरीले जनाएको छ।