काठमाडौं  — सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो देखिएको प्राविधिक समस्या समाधान भएको छ। करिब साढे १ बजेदेखि विशेष गरी डेस्कटप (वेब ब्राउजर) मार्फत फेसबुक प्रयोग गर्दा सेवा अवरुद्ध भएको थियो।

समस्याका कारण प्रयोगकर्ताले फेसबुकका व्यक्तिगत खाता तथा पेज खोल्न खोज्दा ‘अस्थायी रूपमा उपलब्ध छैन’ (Temporarily Unavailable) भन्ने सन्देश देखेका थिए।

हाल फेसबुकको सेवा सामान्य रूपमा सञ्चालनमा आएको छ। यद्यपि, यो समस्या किन उत्पन्न भयो भन्ने विषयमा फेसबुकको मूल कम्पनी मेटाले अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

ADVERTISEMENT