काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या देखिएको छ। आइतबार दिउँसो साढे १ बजेदेखि डेक्स्टपबाट लगइन गर्दा फेसबुक खुल्दैन ।
डेक्सटपको स्क्रिनमा देखिएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको जनाइएको छ। साथै, समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख गर्दै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरिएको छ।
प्राविधिक समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा केही खातामा मात्र सीमित छ भन्ने यकिन भइसकेको छैन। यद्यपि, सामाजिक सञ्जालका विभिन्न माध्यममा धेरै प्रयोगकर्ताले आफूले पनि यस्तै समस्या भोगिरहेको भन्दै जानकारी र स्क्रिनसट सार्वजनिक गरेका छन्।
फेसबुकको मातृ कम्पनी मेटाले यस समस्याबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यसअघि पनि मेटाका फेसबुक, इन्स्टाग्राम र मेसेन्जरलगायतका सेवामा बेला–बेलामा विश्वव्यापी प्राविधिक समस्या देखिने गरेका छन्।





