काठमाडौं । आफ्नो उम्मेदवार नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेस का उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ।
राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाका अनुसार कांग्रेससँग सिद्धान्त र विचार फरक भए पनि आर्थिक विकास, सामाजिक स्थायित्व र समृद्धिका साझा मुद्दामा सहमति भएकाले पौडेललाई मतदान गर्ने निर्णय गरिएको हो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले यस क्षेत्रमा समानुपातिकतर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो। यस समर्थनले रुपन्देही–२ को निर्वाचन समीकरणमा नयाँ प्रभाव पार्ने अनुमान गरिएको छ।

राप्रपा विज्ञप्ति








