काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीको नाम दर्ताको समय एक साता थप्ने तयारी गरेको छ । हाल मतदाता नामावली दर्ताको समय कात्तिक ३० सम्म तोकिएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले एक साता थप्न अनुरोध गर्दै गरेको पत्राचार र प्रधानमन्त्रीले फोन गरेर अनुरोध गरेकाले आयोग समय थप्ने निष्कर्षमा पुगेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

ADVERTISEMENT

‘आयोगले निर्णय त गरिसकेको छैन । एक सातासम्म थप्ने सोेचेका छौं,’ शुक्रबार गृहमन्त्री अर्यालसँग आयोगमा भएको छलफलमा भण्डारीले भने ।

पछिल्लो केही समययता नाम दर्ता गर्नेको भिड निर्वाचन कार्यालयमा बढेको छ । दुई सातासम्म एक लाख मतदाताले मात्र नाम दर्ता गरेका थिए । तर पछिल्लो चार दिनमै एक लाख मतदाता थपिएका छन् । आयोगका अनुसार जेनजी मतदाता २० लाखभन्दा बढी छन् ।

ADVERTISEMENT