काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा ९०० रुपैयाँले घटेको छ । चाँदी भने तोलामा २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० रुपैयाँ तथा एक तोला चाँदीको मोल चार हजार ८८५ रुपैयाँ निर्धारण भएको छ ।

सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल चार हजार ८६० रुपैयाँ निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० रुपैयाँ र त्यति नै चाँदी चार हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।