काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा कायम भएको छ ।

नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । गत बिहीबार ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँको कारोबार भएकामा आज ११ अर्ब ६५ करोड ९७ लाखभन्दा बढीको कारोबार भएको छ ।

ADVERTISEMENT

सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरको ५६ करोडको सेयर कारोबार भएको छ । यस्तै, आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड, रिडी पावरको ४७ करोडभन्दा बढी, राधी जलविद्युत कम्पनीको ४३ करोड ९८ लाख र साइप्यानलको ४२ करोड बराबरको सेयर कारोबार भएको छ ।

सुपर मादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिडी पावर कम्पनी, खानीखोला हाइड्रोपावर, हिमालयन हाइड्रोपावरको मूल्य क्रमशः ९.९८, ९.९७, ५.३९ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT