काठमाडौं।  नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको (पुस २०८२ सम्म) तथ्याङ्क अनुसार, बैंकले तरलता व्यवस्थापनमा कुल २८,७१२ अर्ब ४० करोड रुपैयाँ प्रवाह गरेको छ।

बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत १४,२५०.५ करोड, स्थायी निक्षेप सुविधामार्फत २७,०८६ अर्ब ९० करोड, र नेपाल राष्ट्र बैंक बण्डमार्फत २०० अर्ब तरलता प्रशोचन गरिएको छ। ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह हुँदा खुद २८,६९९ अर्ब ९० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन भएको छ।

यो वर्षको सोही अवधिसँग तुलना गर्दा, अघिल्लो वर्ष खुद १३,९९९ अर्ब ८० करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो, जसले यो वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी तरलता प्रशोचन भएको देखाउँछ।

समीक्षा अवधिमा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट वाणिज्य बैंकहरू मार्फत अमेरिकी डलर ३ अर्ब ४७ करोड खरिद गरी ४९३ अर्ब ४ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ५२ करोड डलर खरिद गरी ३४० अर्ब ६ करोड रुपैयाँको तरलता प्रवाह गरिएको  छ।

त्यसैगरी, बैंकले समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ६ करोड बिक्री गरी २९२ अर्ब ९१ करोड बराबर भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९० करोड डलर बिक्री गरी २५६ अर्ब ५१ करोड भारतीय रुपैयाँ खरिद भएको तथ्यांकमा देखिन्छ ।