काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सिंहदरबार बदल्न थालिसकेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार बोल्दै उनले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभई बदल्ने जिम्मेवारी दिएको बताए ।
रविले आफूहरूले सिंहदरबार बदल्न सुरु गरिसकेको पनि बताए । ‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो । हामीले बदल्न सुरु गरिसकेका छौं,’ उनले भने ।
लामिछानेले जनतालाई आभार मात्रै प्रकट नगर्ने भन्दै मतादेशको गुन जिम्मेवारी पूरा गरेर गर्ने बताए । ‘म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ । यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु । यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं,’ उनले भने ।
अहिलेको संसद् विदेशमा रोजगारीमा रहेका नेपाली युवायुवतीको देन रहेको बताएका छन् ।








