अमेरिका। अमेरिका र भारतबीच आर्थिक सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले सोमबार राति दुई देशका नेताहरूले व्यापारसम्बन्धी नयाँ कदमको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भनेका छन् कि भारतसँगको व्यापार सम्झौतामा सहमति पुगेको छ र यसअनुसार अमेरिकाले ‘रेसिप्रोकल ट्यारिफ’ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गरेको छ।

राष्ट्रपति ट्रम्पले थप बताए, “प्रधानमन्त्री मोदी मेरा असल मित्र हुन्। रुस–युक्रेन युद्ध र ऊर्जा आपूर्तिसम्बन्धी छलफल पछि हामीले व्यापार सम्झौतामा सहमति गरेका छौँ। भारतले अमेरिका उत्पादन खरिदमा पनि प्रतिबद्धता देखाएको छ।”

ADVERTISEMENT

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘एक्स’ पोस्टमा भनेका छन्, “मेड इन इन्डिया उत्पादनमा ट्यारिफ घटाइएको खबर सुनेर खुशी लागेको छ। दुई ठूला लोकतन्त्रबीचको साझेदारीले आम जनताको हित सुनिश्चित गर्नेछ। राष्ट्रपति ट्रम्पको नेतृत्वले वैश्विक शान्ति र स्थिरतामा योगदान पुर्‍याउनेछ।”

ADVERTISEMENT

यस घोषणापछि विपक्षी कांग्रेसले टिप्पणी गर्दै भनेको छ कि राष्ट्रपति ट्रम्पको दबाब प्रधानमन्त्री मोदीमाथि स्पष्ट देखिएको छ। तर अमेरिकी राजदूत सर्जियो गोरले भने, “आजको व्यापार सम्झौताले भारत–अमेरिकाबीचको सम्बन्धमा नयाँ ऊर्जा थप्नेछ र दुई देशका बीच असीमित सम्भावनाहरू खुल्नेछन्।”

अमेरिकाले यसअघि भारतमा २५ प्रतिशत ट्यारिफसहित रुसबाट तेल खरिदमा अतिरिक्त २५ प्रतिशत ट्यारिफ लगाएको थियो। अबको नयाँ सम्झौतापछि यी दर घटेर १८ प्रतिशतमा कायम हुनेछ। यसरी व्यापार र ऊर्जा क्षेत्रमा नयाँ समझदारीले दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT