काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा कायम भएको छ ।
३२९ कम्पनीका दुई करोड २० लाख ६० हजार कित्ता सेयर खरिद बिक्री हुँदा नौ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार कारोबार रकम १४ अर्ब ३३ करोड रुपैयाँभन्दा माथि पुगेको थियो।
आज व्यापार समूह ०.५५ प्रतिशतले बढ्दा नेप्सेका बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ। होटल तथा पर्यटन र जलविद्युत समूह एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूहको गिरावट सोभन्दा कम छ।
बजार घटे पनि मिथिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उक्त कम्पनी ९.७० प्रतिशतले बढ्दा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स आठ र शिवश्री हाइड्रोपावर ६ प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन्।
कर्पोरेट विकास बैंकका लगानीकर्ता भने सर्वाधिक गुमाउनेमा परेका छन्। बैंकमा नकारात्मक सर्किट लाग्दा रावा इनर्जी विकास र कालिका पावर कम्पनी क्रमशः ९ र ७ प्रतिशतभन्दा धेरैले गिरावट भएका हुन्।





