काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई एक दिने तालिम प्रदान गरेको छ ।

कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरी छनोट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालय र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यालयमा १८५ जना अभिकर्ताहरुलाई पोखरास्थित होटल मेजेस्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए ।

ADVERTISEMENT

प्रशिक्षणको क्रममा उनले एमडीआरटी, सिओटी र टिओटीको लक्ष्य प्राप्त गर्न विभिन्न उपायहरु अबलम्बन गरी फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा प्रशिक्षण दिएका थिए ।

कम्पनीका उप–प्रमुख कार्यकरी अधिकृत स्मृतिराज कँडेलले यस प्रकारको तालिमबाट अभिकर्ताहरुको मनोबल वृद्धि भई आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए । उनले देशैभरबाट ७०० भन्दा बढी छनोट भएका सबै अभिकर्ताहरुलाई पायक पर्ने विभिन्न स्थानहरुमा कार्यक्रम सञ्चालन गरिएको बताए । शाखास्तरीय प्रथम, द्वितीय र तृतीय भएका अभिकर्ताहरुलाई कँडेलले मायाको चिनो प्रदान गरेका थिउ ।

ADVERTISEMENT

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले अभिकर्ताहरुलाई तालिमबाट सिकेको ज्ञानलाई ब्यबहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गरेर देखाउने आपेक्षा रहेको बताए ।

पोलिसी सर्भिसिङ बिभाग प्रमुख सुस्मिता राणाले धन्यबाद ज्ञापन गरेको कार्यक्रममा सहभागी अभिकर्ताहरुले यसप्रकारको उत्कृष्ट तालिमबाट आफुहरुको मनोबल उच्च भएको हुँदा आगामी दिनहरुमा बिमा ब्यबसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको र सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएको बताएका थिए ।