काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८२/०८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तीन महिनामा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत आव ०८१।०८२ को तुलनामा १.८९ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा १३ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको थियो ।
चालु वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७५ अर्ब ७ करोड ४१ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
सो अवधिसम्ममा कम्पनीले ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्ले आव सो अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले चालु आव असोज मसान्तसम्ममा खुद बीमाशुल्क ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आव सो अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
तीन महिनासम्ममा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ भने अघिल्लो आव सो अवधिमा कम्पनीको महाविपत्ति कोष ६६ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।
सेयर पुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.३० प्रतिशत रहेको छ । कम्पनीको पीई रेसियो ५६.११ रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३१.५४ रुपैयाँ रहेको छ ।








