काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरी पश्चिम नवलपरासीबाट उम्मेदवार भएका छन् । पार्टीले उनलाई नवलपरासी १ बाट टिकट दिएको हो ।

चौधरीले मंगलबार उम्मेदवार दर्ता गरेका छन् । यसअघि उनी पश्चिम नवलपरासी १ बाटै सांसद बनेका थिए । अघिल्लो निर्वाचनमा चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७१८५ मतान्तरले पराजित गरेका थिए ।

ADVERTISEMENT

चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका थिए ।

मनाेनयन दर्तापछ चाैधरीले आफू आर्थिक रुपान्तरणकाे पक्षमा रहेकाे बताए । उनले भने- ‘म राजनीतिक परिवर्तनको पक्षमा छु । आर्थिक रुपान्तरणको पक्षमा छु । र, जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु । म यहाँबाट निर्वाचित भएको तीन बर्षमा समृद्ध नवलपरासीका लागि फाउण्डेसन तयार भएको छ । हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरि नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको छ । यस अभियानलाई पूर्णता दिन आवस्यक छ । त्यसकै लागि मैले नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारी दर्ता गरेको छु । यहाँहरुको शुभेच्छा, साथ र सहयोगका लागि सधै आभारी रहनेछु ।’

ADVERTISEMENT

यस क्षेत्रमा टिकटको आकांक्षी रहेका कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गरेका छन् । उनले अघिल्लो निर्वाचनमा चौधरीलाई असहयोग गरेका थिए । पार्टीले अनुशासनकाे कारबाही गरेपछि खनाल रास्वपा प्रवेश गरेर टिकट लिएका छन् ।