काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। शुक्रबार उनले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा ४ गतेको मिति उल्लेख गरेको पाण्डेले बताए । ‘आज राजीनामा दिएको छु, चुनावमा कहाँबाट उठ्ने तय भएको छैन, सोच त्यही हो,’ उनले भने, ‘माघ ४ गतेको मिति राखेर राजीनामा बुझाएको छु ।’

ADVERTISEMENT

उनले यसअघि नै महानगर प्रमुख बालेन शाहले राजीनामा दिनुअघि आफू पद छाड्ने तयारीमा रहेको बताएका थिए। बालेनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिनेवित्तिकै उनको मेयर पद खारेज हुन्छ ।

ADVERTISEMENT

यसअघि पाण्डेले काठमाडौं–४ बाट चुनाव लड्ने चर्चा थियो । तर अहिले भने निर्वाचन क्षेत्र फिक्स नभएको उनको भनाइ छ । काठमाडौं–४ कांग्रेस सभापति गगन थापाले जित्दै आएको निर्वाचन क्षेत्र हो ।