काठमाडौँ।नेपाली कांग्रेसका ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। विशेष महाधिवेशनको विपक्ष भने  अहिले आमचुनावको तयारीमा जुट्नुपर्ने बेला हो भनेका छन्।सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका जिल्ला सभापतिहरू विशेष महाधिवेशन पक्षमा नखुलेका हुन्।
उनीहरूले वैशाखमा नियमित १५ औं महाधिवेशन गर्नुपर्ने पनि बताएका छन्।संस्थापन पक्षका अधिकांश नेताहरूको विरोधबीच भोलि र पर्सी काठमाडौंमा विशेष महाधिवेशन हुँदैछ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन बाध्यकारी भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए।३६ जिल्लाका सभापति विशेष महाधिवेशन पक्षमा रहेर हस्ताक्षर गर्दा ५४ प्रतिशत प्रतिनिधि पुगेका थिए त्यसैले अहिले कुनै पनि अप्ठ्यारो अवस्था नभइ विशेष महाधिवेशन पक्षमा ६० प्रतिशत भन्दा धेरै हुने ललितपुर जिल्ला सचिव वशिष्ठ अधिकारीले जानकारी दिए।सभापति शेरबहादुर देउवानिकट पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि आजदेखि विशेष महाधिवेशन पक्षमा खुलेको उनले जानकारी दिए ।