काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.५८ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको छ ।
नेप्से सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । आज १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घटेको छ । १५ कम्पनीको सेयर स्थिर छ । आज एक करोड कित्ता सेयर किनबेच हुँदा चार अर्ब ९० करोड बराबरको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै साइप्यानल नेपालको २० करोड बराबरको सेयर कारोबार भएको छ । त्यसपछि बन्दीपुर केवलकारको १७ करोड, सान्भी इनर्जीको १५ करोड ८९ लाख, सागर डिस्टिलरीको १५ करोड र शिवम् सिमेन्टको १४ करोड ८९ लाख बराबरको सेयर कारोबार भएको छ । आज सान्भी इनजीको ८ प्रतिशतले सेयर मूल्य बढेको छ ।





