काठमाडौं । लामो दसैँ बिदापछिको पहिलो कारोबारका दिन मंगलबार सेयर बजार उच्च अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५८.५५ अंकले घटेर बजार २६०४.९६ बिन्दुमा झरेको छ। असोज १२ मा ११.५१ अंकले बढेर २६६३.५१ बिन्दुमा उक्लिएको बजार अहिले घटेको हो।

ADVERTISEMENT

१६ कम्पनीको मात्र सेयर मूल्य बढेको र २३५ कम्पनीको सेयर मूल्य घटेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।

ADVERTISEMENT

दसैँअघिको अन्तिम कारोबार दिन करिब तीन अर्बको सेयर कारोबार भएको बजारमा आज ३२६ स्टकको ५५ हजार ४५० पटकको कारोबारमा चार अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँबराबरको एक करोड तीन लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको २८ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

ADVERTISEMENT

नेपाल पुनर्बीमा कम्पनीको करिब साढे १९ करोड र हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे १२ करोड नाघेको छ। सेन्चुरी डिबेन्चर २०८८ को मूल्य सर्वाधिक १० प्रतिशत सेयर मूल्य बढेको छ। कारोबारमा आएको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ।