काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.७३ अंकले बढेर १६३९.३७ विन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन १० अंकले घटेको सेयर बजारमा कारोबार रकम पाँच अर्ब नाघेको थियो । आज भने नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
आज २१४ कम्पनीको सेयर मूल्य बढेको छ । ३७ कम्पनीको घटेको र आठवटाको मूल्य स्थिर छ । एक करोड २४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी शिवम् सिमेन्टको ३८ करोड बराबरको सेयर कारोबार भएको छ । त्यसपछि बन्दीपुर केवलकारको २० करोड, साइप्यानल नेपालको १७ करोड, श्रीनगर अग्निटेकको १६ करोड र सागर डिस्टिलरीको १५ करोडभन्दा माथिको कारोबार भएको छ ।
आज पाँचवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । जसमा सागर डिस्टिलरी, साइप्यालन नेपाल, श्रीनगर अग्निटेक, बन्दीपुर केवलकार र रुरु जडिबुटी परियोजना छन् ।





