काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्।

ADVERTISEMENT

सहमहामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा शुभराम बस्नेतले ५३५ मत पाएका छन्।

ADVERTISEMENT

खस आर्यतर्फ सहमहामन्त्री पदमा चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। मतपरिणामअनुसार आचार्य सबैभन्दा बढी मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट आचार्य खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्री बनेका छन्।

ADVERTISEMENT