काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत इलेक्ट्रिकल र लेखा समूहका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

ADVERTISEMENT

प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षा दसौँ तहदेखि पाँचौँ तहसम्मका प्राविधिक तथा प्रशासन सेवाका विभिन्न स्थायी पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

ADVERTISEMENT

प्राधिकरणले दसौँ तहअन्तर्गत प्राविधिक सेवातर्फ प्रबन्धक एक जना, आठौँ तहअन्तर्गत प्रशासन सेवातर्फ सहायक निर्देशक एक जना, आठौँ तहअन्तर्गत वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एक जना र आठौँ तहअन्तर्गत प्राविधिक सेवातर्फ सहायक प्रबन्धक तीन जना माग गरेको छ।

यसैगरी, प्राधिकरणले सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट तथा इन्जिनियरलगायत सहायकस्तरका विभिन्न पदमा पनि दरखास्त आह्वान गरेको छ।

प्रदेशका लागि मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजरलगायतका पदमा समेत कर्मचारी माग गरिएको प्राधिरकणले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आजदेखि आगामी मंसिर ८ गतेसम्म दरखास्त दिन सक्नेछन्।

हेर्नुहोस् सूचना