काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यमा सातजनालाई मनोनीत गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजनपछि विवेकशील साझाबाट आएका सातजनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।

मनोनीत हुनेहरुमा समीक्षा बास्कोटा, रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान र धनेज थापा छन्।

ADVERTISEMENT

रास्वपा बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुईवटा उपसमिति गठन गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा योग्य उम्मेदवार छनोटका उपसभापति डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने भएको छ ।

यस्तै, पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय रास्वपाले गरेको छ ।

ADVERTISEMENT

उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने भएको छ । सहकारी ठगी मुद्दामा धरौटीमा छुटेपछि सभापति रवि लामिछानेको अध्यक्षतामा आज केन्द्रीय सचिवालय र केन्द्रीय समितिको बैठक बसेको हो ।