काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । मौद्रिक व्यवस्थापनका लागि ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो । ऋणपत्रको अवधि एक वर्षको हुनेछ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल सोमबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरू मात्र सहभागी हुन पाउने छन् ।

ADVERTISEMENT

ब्याजदर बोलकबोलबाट नै निर्धारण हुनेछ। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ । न्यूनतम पाँच करोड र अधिकतम पाँच करोडको गुणकमा बोल गर्न सकिनेछ ।

स्वीकृत बोल रकम पुस १५ गते काउन्टरपार्टीको खाताबाट कट्टा गरी सोही दिन ऋणपत्र निष्कासन गरिनेछ । ऋणपत्र खुला बजार कारोबारमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

ADVERTISEMENT