काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओमोडा र जेको गाडीको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । शुक्रबार नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।

पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन-२ को उपाधि जितेको थियो । यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ इभी गाडी प्रदान गरेको छ । साथै, गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ । गाडी पाएबापत रोहितले करिब १६ लाख रुपैयाँ कर तिर्नुपर्ने थियो । अब एसपीजी अटोमोबाइल्सले कर तिरिदिने भएको हो ।

कम्पनीले यसअघिका ब्राण्ड एम्बासडर दीपेन्द्रसिंह ऐरीलाई सम्मान पनि गरेको छ । ‘ड्रिभन बाई च्याम्पियन्स’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा दिपेन्द्रसिंह ऐरीसँगको निरन्तर साझेदारीको उत्सव मनाइएको थियो। दिपेन्द्र एनपीएलको पहिलो सिजनमा ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट’ चुनिएदेखि नै ब्रान्डका लागि बलियो स्तम्भको रूपमा रहँदै आएका छन्।

ADVERTISEMENT

‘रोहित र दिपेन्द्र दुवैले लचकता, नवीनता र नेतृत्वको भावना बोकेका छन्, जुन ओमोडा र जेकोको मुख्य विशेषता हो,’ एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले भने, ‘नेपाली क्रिकेटका उत्कृष्ट प्रतिभाहरूलाई सबैभन्दा उन्नत वि‌द्युतीय सवारी प्रविधिसँग जोडेर हामी साँच्चै च्याम्पियनहरूद्वारा सञ्चालित ड्रिभेन बाइ च्याम्पियन भएका छौं।’

ADVERTISEMENT

रोहित पौडेलले जितेको जेको फाइभ एक प्रिमियम इलेक्ट्रिक सभ हो जसले विलासिता र अफ(रोड क्षमतालाई पूर्ण रूपमा मिलाएको छ। यसमा विशाल हाई डेफिनिसन इन्फोटेनमेन्ट सिस्टमसहितको स्मार्ट ककपिट रहेको छ, जुन शून्य उत्सर्जन दक्षता कायम राख्दै नेपालको विविध भूबनोटमा गुड्नका लागि डिजाइन गरिएको हो। जेको फाइभमा ४६१ किलोमिटरको रेन्ज, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, स्पेयर टायर, १५५ किलोवाट मोटर पावर र ४८८ लिटरको बुट स्पेस जस्ता विशेषताहरू छन्।

ADVERTISEMENT