धादिङ । बूढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, विशाल नगरस्थित स्याउली बजारको सुकुम्बासी बस्ती बगाएको छ। बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटको पक्की पुलको गोरखातर्फको आधा भागसमेत बगाएको छ।

नदी तटीय क्षेत्रमा रहेको बस्ती सिमेन्ट र बालुवाको घोलजस्तो लेदोसहित आएको बाढीले बगाएको हो। त्रिपुरासुन्दरी गाउँपालिका–२ का कृष्णबहादुर खत्रीका अनुसार सुकुम्बासी बस्ती पूर्ण रूपमा बगाएको छ।

ADVERTISEMENT

बस्ती र स्याउली बजारका गरी करिब ६० घरमा क्षति पुगेको खत्रीले जानकारी दिए।

ADVERTISEMENT

बाढीले आरुघाटको पक्की पुलको गोरखातर्फको आधा भाग बगाएको छ भने धादिङतर्फको सडकमा समेत पानी पसेको छ। नदी तटीय क्षेत्रका अन्य घरहरूमा पनि क्षति पुगेको छ।

 

ADVERTISEMENT