काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ ।

विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्यपूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्नेबारेमा परीक्षण भइरहेको विभागले जनाएको छ ।

ADVERTISEMENT

उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतिराम सापकोटाले नक्कली उत्पादनको बिक्रीवितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पारे।

उनका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ । बजारमा शंकास्पद वा नक्कली उत्पादन देखिएमा जानकारी गराउन विभागले आग्रह गरेको छ ।

ADVERTISEMENT