काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
सोमबार सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको भाउ तोलाको दुई लाख ५८ हजार तीन सय रुपैयाँ थियो । यसअघि मंसिर २९ गते सुनको भाउ दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन एक सय ३० रुपैयाँले बढेर तोलाको चार हजार दुई सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार एक सय पाँच रुपैयाँ थियो ।







