काठमाडौं । निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने भएका छन्।

मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने भएका हुन्। उनले देउवालाई उनकै निवासमा बिहान ९ः३० बजे भेट्ने कार्यतालिका छ।

ADVERTISEMENT

खरेलले ओलीलाई उनकै निजी निवास गुण्डुमा ११ बजे र प्रचण्डलाई पनि उनकै निजी निवास १२ बजे भेट्ने मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ।

ठुला दलका शीर्ष नेताहरुले सरकार निर्वाचनको वातावरण बनाउन नलागेको भन्दै फागुन २१ गते हुने निर्वाचनमा सहभागी नहुने चेतावनी दिँदै आएपछि सञ्चारमन्त्री खरेलले देउवा, ओली र प्रचण्डलाई भेट्न लागेका हुन् ।

ADVERTISEMENT