ललितपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल भारी मतसहित विजयी भएका छन्।खरेलले ३९ हजार ४९१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ४ हजार ५३६ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन्।

ADVERTISEMENT

मतगणना सम्पन्न भएसँगै खरेल ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।