काठमाडौं । साताकाे पहिलो काराेबार दिन आइतबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.९२ अंकले घटेर २५९५ विन्दुमा झरेकाे छ । काराेबार रकम पनि घटेकाे छ । आज १ कराेड १२ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५२ कराेड काराेबार भएकाे छ ।

आज स्वस्तिक लघुवित्तकाे १३ कराेड, बाराही हाइड्रोपावरकाे ११ कराेड ९० लाख, सन नेपाल लाइफ इन्स्याेरेन्सकाे ११ कराेड ४० लाखकाे काराेबार भएकाे छ ।

आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।