काठमाडौँ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए । उनले मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।

ADVERTISEMENT

‘मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ’, उनले भने, ‘मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।’

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।

ADVERTISEMENT

एमाले नेतृत्वका लागि केपी ओली र ईश्वर पाेखरेलबीच प्रतिस्पर्धा छ । दुवै प्यानलसहित मैदानमा उत्रिएका छन् ।