काठमाडौ । बागमती नदी सरसफाइ अभियानमा बागमती सभ्यता एकीकृत विकास समितिले तिस वर्षमा २३ अर्ब बढी खर्च गरेको छ । सहरी विकास मन्त्रालको तथ्यांक अनुसार बागमती सभ्यता एकीकृत विकास समितिले आर्थिक वर्ष २०५२/५३ देखि २०८१/८२ सम्म कुल २३ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ खर्च गरिसकेको छ ।

३० वर्षमा विनियोजित ३४ अर्बमध्ये यो रकम बहुआयामिक पूर्वाधार, तटबन्ध, सडक, ढल प्रणाली, सांस्कृतिक सम्पदा पुनर्निर्माण तथा फोहोर पानी प्रशोधन केन्द्र निर्माणमा खर्च भएको हो। समितिले बागमती नदीमा ७३.२८ किमी तटबन्ध, ३२.५६ किमी सडक कालोपत्रे, ८८.६३ किमी मुख्य ढल निर्माण गरिसकेको छ। गुह्येश्वरी र टुकुचामा फोहोर पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइएको छ। काठमाडौंका २८ ऐतिहासिक सम्पदा, धर्मशाला तथा सत्तलहरु पुनर्निर्माण गरिएका छन्।

ADVERTISEMENT

तर नदी सफाइ अभियान ६ सय ५५ सातामा पुगे पनि समग्र सुधार सुस्त भएको स्वीकृति स्वयं समितिसँगै सम्बन्धित छ। नदी किनारका निजी जग्गा, मुआब्जा अभाव, पुराना ढल, बहाव क्षेत्र अव्यवस्था, र नदीले धार परिवर्तन गर्दा विकास कार्यमा अवरोध आइरहेको छ।

ADVERTISEMENT