काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। पहिलो खेलमा जित निकालेका दुवै टोली लगातार दोस्रो जित हासिल गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

लुम्बिनीले प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। त्यस्तै, चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले हराउँदै पहिलो जित दर्ता गरेको थियो।

ADVERTISEMENT

दुवै टोली पहिलो खेलको प्रदर्शनलाई निरन्तरता दिँदै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने योजनामा छन्। तर शनिबारको खेलमा मौसम चुनौती बन्न सक्ने देखिएको छ।

ADVERTISEMENT

अर्नब चक्रवातको प्रभावका कारण नेपालमा बिहीबार रातिदेखि नै वर्षा भइरहेको छ। शुक्रबार दिनभर वर्षा भएको थियो भने शनिबार पनि साँझसम्म हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

वर्षाका कारण खेल प्रभावित भए दुवै टोलीले अंक बाँड्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा लगातार दोस्रो जित निकाल्ने दुवै टोलीको लक्ष्यमा मौसम बाधक बन्नेछ।