काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंक नीतिगत दरहरूमा महत्त्वपूर्ण हेरफेर गरेको हो ।

राष्ट्र बैंकले समग्र वित्तीय बजारलाई चलायमान बनाउने उद्देश्यका साथ नीतिगत दर ०.२५ प्रतिशत आधार विन्दुले घटाएको छ। यसअघि ४.५० प्रतिशत रहेको नीतिगत दरलाई अब ४.२५ प्रतिशत कायम गरिएको छ।

ADVERTISEMENT

मौद्रिक नीतिको समिक्षामार्फत माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत कायम छ भने तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएको छ ।

अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत कायम गरिएको छ । बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको व्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ ।

ADVERTISEMENT

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गर्नेछ ।