काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिरर १२ गते बसको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस ७ गते कालिकास्थानस्थित अमृतभोग क्याटरर्स काठमाडौंमा बिहान साढे १० बजे आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ।

ADVERTISEMENT

सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्नेछ ।

ADVERTISEMENT

सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

ADVERTISEMENT

साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुने कम्पनीले एक् सूचनामार्फत जानकारी दिएको छ ।