काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुनमा हुने आमनिर्वाचनलाई लक्षित गरी साढे तीन महिने अनलाइन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रशिक्षण हरेक शनिबार बेलुका ७ बजेदेखि नियमित रूपमा सञ्चालन हुने रास्वपाले जनाएको छ । डिजिटल भिडियो कन्फ्रेन्स जुममार्फत प्रशिक्षण दिन लागिएको हो ।

रास्वपा केन्द्रीय प्रशिक्षण विभागले आगामी निर्वाचनलाई लक्षित गरी अनलाइन प्रशिक्षण सञ्चालन गर्न लागेको हो । प्रशिक्षण कार्यक्रम मङ्सिर १३ देखि फागुन १६ गतेसम्म निरन्तर रूपमा सञ्चालन हुने जनाइएको छ। प्रशिक्षणमा निर्वाचनसम्बन्धी विभिन्न नीतिगत, प्राविधिक तथा कार्यान्वयन पक्षका महत्वपूर्ण विषयहरू समेटिनेछन्।

ADVERTISEMENT

देश तथा विदेशमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सम्पूर्ण सदस्यहरूलाई प्रशिक्षणमा सक्दो सहभागिता जनाउन आगह्वा गरिएको छ । प्रशिक्षणमा सहभागी हुन आवश्यक जुम लिंक पार्टीका आधिकारिक संयन्त्रमार्फत क्रमशः उपलब्ध गराइनेछ। रास्वपाले बढीभन्दा बढी मानिसलाई पार्टीमा इन्गेज्ड गर्न र चासो राख्ने बनाउन यस्तो निर्णय गरेको हो ।