काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भोलि बुधबार हुने भएको छ।

रास्वपाका अनुसार बुधबार बिहान ११ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।

ADVERTISEMENT

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो। तीन दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको महाधिवेशन सहमतिका लागि गरिएको प्रयासका कारण ६ दिनसम्म लम्बिएको थियो।

महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।

ADVERTISEMENT