काठमाडौं । ज्योति विकास बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा पाँच सय क्यास ब्याक हुने भएको छ । बैंकले बिहीबार क्यास ब्याक योजना सार्वजनिक गरेको हो ।

क्यास ब्याक योजनामार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्। यस योजनाअन्तर्गत देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिदमा पाँच सयको क्यास ब्याक प्राप्त हुनेछ। ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा अफर बक्समा “FLY500” प्रोमो कोड प्रयोग गरेमा क्यास ब्याक प्राप्त हुनेछ। बैंकले पहिलो तीन सयजना मात्र यो अफरबाट लाभान्वित हुन सक्ने जनाएको छ ।

सीमित अवधिका लागि लागू हुने यो विशेष अभियान मंसिर ३ गतेदेखि सुरु भएको हो। अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यास ब्याकको सुविधा प्राप्त गर्नेछन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको जनाएको छ।

ADVERTISEMENT

बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित डिजिटल सेवा पहुँच प्रदान गर्न डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ। बैंकले हालैमात्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था INTERCERT ले प्रदान गरेको यो प्रमाणपत्रले विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो।

ADVERTISEMENT

विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६६ वटा न्यानो नानीमार्फत हरेक वर्ष २४४२ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै हालसम्म चार अर्ब ६१ करोड र गत आर्थिक वर्षमा ४१ करोड करमा योगदान पुर्‍याएको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।