काठमाडौं । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र आइएसओ प्राप्त गरेको छ।
आइएसओ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंकको रूपमा ज्योति विकास बैंकले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्थाले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि अत्यन्त प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेशन हो। यस उपलब्धिले ज्योति विकास बैंकको समष्टिगत सूचना सुरक्षा संरचना उत्कृष्ट रहेको सुनिश्चितता प्रदान गरेको छ।
बैंकले मोबाइल बैंकिङ्ग, कार्ड भुक्तानी सेवा, निक्षेप तथा कर्जा सेवा तथा बैंकको आईटि, मानव संशाधन, डिजिटल बैंकिङ्ग, सामान्य प्रशासन, अपरेशन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको उच्चतम र गुणस्तरिय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएकाले
यस सुरक्षा सर्टिफिकेसन प्राप्त गर्न सफल भएकोछ । यस सँगै ज्योति विकास बैंकको सूचना सुरक्षा अन्तर्राष्ट्रिय स्तरको रहेको सर्टिफाइ भएको छ। बैंकले आफ्नो सुरक्षात्मक प्रणाली, अभ्यास र नियन्त्रण नितिहरुलाई गहन परिक्षण गराउदैं उक्त प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
आइएसओले यस विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम न्युन रहेको ठहर गर्दै उक्त सर्टिफिकेसन प्रदान गरेको हो। ग्राहकहरुको सुविधाको लागि डिजिटल बैंकिङ्गमा सक्रिय रुपमा नयाँ प्रविधिहरु विस्तार गरिरहेको यस विकास
बैंकले सूचना सुरक्षा, साइबर जोखिम विरुद्ध निवारक प्रणाली, निरन्तर सुधारात्मक निति तथा नियामक निकायहरुको व्यवस्था अनुपालनमाकुनै सम्झौता नगरी बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै,समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको
संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थपउत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।
यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानी मार्फत हरेक वर्ष २२९४ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।
यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।
यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा चालिस करोड कर तिरेको छ। ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा रहेका छन ।





