काठमाडौं । शिवम सिमेन्टले गत आव ०८१/०८२ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कुल १२.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीले २.५० प्रतिशत बोनस सेयर र नगद लाभांश (करसहित) १० प्रतिशत दिने निर्णय गरेको हो ।

ADVERTISEMENT

उक्त लाभांश पारितको लागि कम्पनीले मंसिर २५ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले मंसिर १० गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् ।

ADVERTISEMENT