काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र नगद लाभांश (करसहित) ०.५३ प्रतिशत घोषणा गरेको छ ।

ADVERTISEMENT

साथै, उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण गर्ने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT