काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले पार्टी खोल्ने भएका छन् । आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा भाग लिन उनले पार्टी खोल्न लागेका हुन् ।
नयाँ दल दर्ताका लागि प्रसाई आइतबार दिउँसो २ बजे निर्वाचन आयोग जाने भएका छन् । आयोगले दल दर्ताका लागि आजसम्मको समय निर्धारण गरेको छ ।
केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमै प्रसाईलाई नयाँ दल खोलेर चुनावमा जान सल्लाह दिएकी थिइन् ।
गृह मन्त्रालयमा हालै प्रसाई समूहका नेताहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले पनि नयाँ पार्टी खोल्न सुझाव दिएका थिए । प्रसाई समूहले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेको छ । प्रसाईले दर्ता गर्न लागेको दलको नामबारे केही खुलाइएको छैन ।






