काठमाडौँ । मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद गठन भएको छ ।
एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका हुन् ।
यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गगरेका हुन ।
उपचारका लागि काठमाण्डौ जाने भन्दै प्रदेश प्रमुख भण्डारीले होटलमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएपछि आलोचना भइरहेको छ ।
गरेका छन् । संविधानको धारा १६८ (२) को सरकार बन्ने सम्भावना छँदै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन गरिएकोमा उनले बिरोध गरेका हुन ।








