काठमाडौँ । चीनले आफ्नो सबैभन्दा कान्छो ताइकोनट अर्थात् अन्तरिक्ष यात्रीसहितलाई हिजो अन्तरिक्ष स्टेशनमा पठाएको छ ।

चीनको अन्तरिक्ष कार्यक्रमको ‘मुकुट रत्न’ मानिने तियाङगाङ अन्तरिक्ष स्टेशनबाट तीन अन्तरीक्ष यात्री र चार वटा ल्याबका मुसाहरू यो यात्रामा सहभागी छन् ।

ADVERTISEMENT

अभियानका कमान्डर तथा अनुभवी अन्तरिक्ष पाइलट झाङ लुका साथ ३२ वर्षीय फ्लाइट इन्जिनियर वु फेई र पेलोड विशेषज्ञ ३९ वर्षीय झाङ होङझाङ यात्रामा रहेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

तीन यात्रीले हरेक ६ महिनामा अभियानको नेतृत्व गर्नेछन् । दुई भाले र दुई पोथी मुसालाई अन्तरिक्ष यात्रामा सामेल गराइएको हो ।

ADVERTISEMENT

अमेरिका र रूसलाई पछ्याउँदै चीनले अन्तरिक्ष यात्राका लागि अरबौँ डलर खर्चदै आएको छ । उसले यो दशकको अन्त्यसम्ममा चन्द्रमामा क्रू मिशन पठाउने र चन्द्रमाको सतहमा आधार निर्माण गर्ने योजना समेत बनाएको छ ।

शेन्झोउ–२१ चालक दलका सदस्य झाङ लुले यसअघिको पत्रकार सम्मेलनमा आफू ‘अतुलनीय भाग्यशाली’ रहेको समेत बताए ।

यसअघि चीनले सन् २०१९ मा चन्द्रमाको टाढाको भागमा आफ्नो चाङ ई–४ अभियानलाई सफलतापूर्वक अवतरण गरेको थियो ।

यो चन्द्रमाको टाढाको भागमा अवतरण गर्ने पहिलो अन्तरिक्ष यान थियो । त्यसपछि सन् २०२१ मा मंगल ग्रहमा एउटा सानो रोबोट अवतरण गरेको थियो ।