वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता रद्द गरेका छन् । भेटवार्ता फलदायी नहुने भएपछि रद्द गरेको ट्रम्पले बताएका छन् ।
‘हामीले राष्ट्रपति पुटिनसँगको बैठक रद्द गर्यौँ । मलाई यो सही समय लागेन । हामीले जुन ठाउँमा पुग्नुपथ्र्यो, त्यहाँ पुग्नेछौँ जस्तो लागेन,’ ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भने, ‘त्यसैले मैले यसलाई रद्द गरेँ । तर, हामी भविष्यमा भेट गर्नेछौँ ।’
रुसमाथि नयाँ प्रतिबन्धहरूको बारेमा ट्रम्पले अब यो कदम चाल्ने समय आएको र उनले यी प्रतिबन्धहरू रुसका दुई प्रमुख तेल कम्पनीहरूमाथि लगाइएको बताए । रुसमाथि बढाइँदै गरेका प्रतिबन्धहरूबारे सोध्दा ट्रम्पले यो समयको माग भएको बताए र उनले अमेरिकाको धेरै युद्ध अन्त्य गर्ने काममा सहभागिता रहेको र जसमा पाकिस्तान र भारतलगायत सात अन्य युद्धहरू रहेको बताए ।
ट्रम्पले अर्को हप्ता मलेसिया, दक्षिण कोरिया र जापानको यात्रा गर्ने बताएका छन् । दक्षिण कोरियामा उनको चीनका राष्ट्रपति सी चिनफिङसँग लामो बैठक तय भएको छ । ट्रम्पले बैठकमा धेरै प्रश्नहरू र मुद्दाहरूमा सहयोग र छलफल सम्भव हुने बताए ।








