काठमाडौं । तिहार र छठ पर्वभर बससेवामार्फत टिकट काट्ने यात्रुहरूमध्ये ३० जनाले चाँदीको बिस्कुट र दुईजनाले भिभो कम्पनीको मोबाइल फोन पाउने भएका छन् । कम्पनीका अनुसार २९ भदौदेखि १४ कार्तिकसम्म यो अभियान रहन्छ ।

बससेवाले दसैंका अवसरमा घोषणा गरेको ‘बस टिकट काट्दा खसी उपहार’ कार्यक्रमअन्तर्गत पाँचजनाले उपहारस्वरुप खसी जितेका छन् । गत मंगलबार बससेवाको कार्यालयमा आयोजित ‘लक्की ड्र’मार्फत उनीहरूले उपहार जितेका हुन् ।

बससेवाका डेनिसविक्रम थापाका अनुसार ‘लक्की ड्र’ बससेवाको फेसबुक पेज र टिकटकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

‘लक्की ड्र’मार्फत टिकट नम्बर ७३६७१७७–बी का कमल भट्टराई (काठमाडौं–अर्घखाँची), ७३१४००१–बी का लिलाधर भट्टराई (काठमाडौं–प्यूठान), ७४४७२६३–बी का महेश्वर पौडेल (वालिङ–काठमाडौं), ७४०२३५२–बी का आश्विन ढकाल (काठमाडौं–पोखरा) र ७२८१०६४–बी का नवीन रिजाल (काठमाडौं–बेलहिया) ले खसी जितेका छन् ।

यस्तै, उपहार कार्यक्रमअन्तर्गत नै ५० जना यात्रुले दुई हजार बराबरको लत्ताकपडा किनमेलको कुपन पाइका छन् भने एक सयजनाले फ्रि–टिकट जितेका छन् । नेपालमा यात्रा बुकिङका लागि बससेवा लोकप्रिय हुँदै गएको प्लेटफर्म हो। बस, हवाई उडान वा होटल रुम( सबै कुरा अब एउटै एपबाट सजिलै बुक गर्न सकिन्छ