काठमाडौं । बससेवाले दशैंका लागि टिकट बुकिङ खुलाएको छ । बससेवाको मोबाइल एप र बससेवा डट कममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाका लागि मोबाइलबाटै बस र हवाईजहाजको टिकट सहजै काट्न सक्नेछन् ।

​बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । ‘बससेवाको सिस्टममा पर्याप्त टिकट छन् । यात्रुहरूले मोबाइलबाटै टिकट बुकिङ गरी सहजै यात्रा गर्न सक्नुहुन्छ,’ उनले भने ।

मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउने छन् । बस सेवाका सिइओ खनालका अनुसार क्यास ब्याकको अफर मंसिर महिनसम्म रहनेछ । यात्रुहरूले हवाई उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेबसाइटबाट लिन सक्नेछन् ।

ADVERTISEMENT

बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाईजहाजको टिकट काट्नेलाई खसी उपहारसमेत दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा कम्पनीले गरेको हो ।

ADVERTISEMENT

बससेवामार्फत टिकट काट्ने यात्रुहरूलाई अन्य विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सयजनालाई निःशुल्क टिकट, ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेलको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

बस टिकट कसरी काट्ने ?

सर्वप्रथम बससेवा मोबाइल एप डाउनलोड गर्ने । त्यसपछि बस चयन गर्ने । कहाँदेखि कहाँसम्म जाने हो छान्ने । आफूलाई चाहिएको दिन चयन गर्ने । यसपछि सर्च वटममा थिच्ने । यसपछि आफू अनुकुलको समय, बस र मूल्य चयन गर्ने । यसपछि सिट छान्ने र बाँकी डिटेल्स भर्ने । रकम भुक्तानी गर्ने । आफूसँग भएको बैंक तथा अन्य वालेट सेवाबाट भुक्तानी गर्न सकिन्छ ।