काठमाडौं । जेनजीको नाममा माइतीघरमा आन्दोलन गर्न पुगेका युवाहरू पक्राउ परेका छन् ।
आन्दोलन गर्न पुगेका निकोलस भुसाल, सञ्जीव दाहाल, एसपी शाहलगायतका युवा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । माइतीघरको अवस्था अहिले सामान्य छ । तर पनि सुरक्षाकर्मी बाक्लो परिचालन गरिएकाले केही हुने हो कि भन्ने सर्वसाधारणमा त्रास देखिएको छ ।
जेनजीको एउटा समूहले बिहीबार प्रदर्शन गर्ने घोषणा गरे पनि गृह मन्त्रालयको अनुरोधमा कार्यक्रम स्थगित गरेको थियो । तर पनि माइतीघरमा आएर नाराबाजी गर्न थालेवपछ भुसालसहित पक्राउ परेका हुन् ।
भुसालले आफू पनि जेनजी भएको भन्दै युवाहरुलाई भेला गर्दै आएका छन् । कहिले रास्वपा त कहिले स्वतन्त्र भन्दै आएका उनले आफैलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री घोषणा गरेका छन् ।









