काठमाडौं । भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा विश्वंश मच्चाउनेविरुद्ध एमालेले बिहीबारदेखि प्रहरीमा जाहेरी दिने भएको छ । एमाले नेता महेश बस्नेतले बुधबार एमाले मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका हुन् ।

बस्नेतले जेनजी आन्दोलनका सबै दोषीलाई कारबाही गर्न माग पनि गरेका छन् । उनले राष्ट्रिय युवा संघको अगुवाइमा जाहेरी दिने घोषणा गरेका हुन् ।

ADVERTISEMENT

नेता बस्नेतले देशभरका पाँच सय प्रहरी कार्यालय जलाउने, सरकारी कार्यालयमा आगजानी र तोड्फोड गर्ने सबैको भिडियोसहित पहिचान भइसकेको भन्दै भोलिबाट उनीहरुविरुद्ध जाहेरी दिन सुरु गर्ने बताए ।

बस्नेतले जेनजी आन्दोलनमा हराएका हतियार फेरि पड्किन सक्नेतर्फ सचेत पनि गराएका छन् । भदौ २३ र २४ गते लुटिएका हतियारहरू फेरि पड्किए भने त्यसको परिणाम दुरूह हुन सक्ने उनको भनाइ छ ।

ADVERTISEMENT

बस्नेतले काठमाडौंका मेयर बालेन शाह, हामी नेपालका प्रमुख सुधन गुरुङलगायतका विरुद्ध अनेरास्ववियुले उजुरी हालेको अवस्थामा समेत उनीहरूलाई पक्रिन चुनौती दिएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालको नाम लिँदै बस्नेतले सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोपसमेत लगाएका छन् । उनले आफूलाई पक्राउ गर्न चुनौतीसमेत दिएका छन् ।