काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय समिति बैठक अघि नै बुझाउन आग्रह गरेका छन् । मंगलबार नेता शर्माले पार्टीभित्र जारी हस्ताक्षर अभियानबारे आफ्नो दृष्टिकोण सात बुँदे धारणा सार्वजनिक गरेका छन्।

महामन्त्री गगन थापा र इतर पक्षका नेता डा. शेखर कोइराला पक्षले विशेष महाधिवेशन माग्दै जारी राखेको हस्ताक्षर अभियानबारे महामन्त्री शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले कुनै महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर गर्न नभनेपछि आफूलाई फोन म्यासेज गरेर सोध्नेलाई हस्ताक्षर गर्न भनेको बताएका छन्।

ADVERTISEMENT

संस्थापन पक्षले भने विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने भन्दै हस्ताक्षर अभियान रोक्नुपर्ने बताउँदै आएका छन्। त्यसबारे उनले भनेका छन्, ‘यो पार्टीको विधानविपरीत होइन। पार्टीको विधानमै भएको व्यवस्था प्रयोग गर्दा पार्टीलाई कमजोर होइन, बलियो बनाउँछ।’ केन्द्रीय समिति बैठकपछि हस्ताक्षर गर्नु भनेको ‘लगनपछिको पोते’ जस्तै‘ हुने भएकाले ढिला गर्न नहुने उनको तर्क छ।

ADVERTISEMENT

कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन बाेलाउन सकिने व्यवस्था छ । इतर पक्षले ४० प्रतिशत हस्ताक्षर पुगिसकेकाे दाबी गरेकाे छ ।

कांग्रेसले असोज २६ गते केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा केन्द्रीय समिति बैठक बस्ने भएको छ । देउवाले आफू तेस्रो कार्यकाल सभापति नहुने भन्दै मिलेर जान नेताहरुलाई भनिसकेका छन् । त्यसैले कांग्रेस केन्द्रीय समिति बैठकले ठोस निर्णय गर्नसक्ने बताइन्छ ।